सपोर्ट लघुवित्तको दोस्रो त्रैमासिक नाफा ८६ लाख ४२ हजार
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ८६ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा २४ लाख ९१ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी नौ करोड ५२ लाख ३८ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासमा ३२ करोड ४३ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७० करोड २० लाख १५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई करोड ९३ लाख ८६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम आठ लाख ४७ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ५४ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले २८ करोड ५४ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३६ करोड ७० लाख आठ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । खुद ब्याज आम्दानी तीन करोड १० लाख ६० हजार रुपैयाँ रहेको संस्थामा तीन दशमलव ५४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- बैंकहरूले घटाए ब्याजदर
- यो वर्ष पनि राजस्व र पुँजीगत खर्च कमजोर
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया