Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारजानकी फाइनान्सको खुद नाफा घट्यो

जानकी फाइनान्सको खुद नाफा घट्यो


काठमाडौं । जानकी फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा १९ लाख ८६ हजार १५ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा एक करोड ४५ लाख ९२ हजार चार सय ६७ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ६९ करोड चार लाख ७२ हजार आठ सय रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासमा तीन अर्ब ७१ करोड ८० लाख ७९ हजार चार सय २९ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब १६ करोड ४९ लाख ८१ हजार ४६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० करोड १३ लाख ११ हजार नौ सय ६५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १९ दशमलव ९९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर चार दशमलव ५८ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने फाइनान्सले तीन अर्ब ३६ करोड ७२ लाख २७ हजार सात सय २० रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ८३ करोड १७ लाख २१ हजार छ सय ३६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड १० लाख २९ हजार ६१ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा ११ दशमलव १८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ३३ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया