Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल फाइनान्सको नाफा आठ लाख १२ हजार

नेपाल फाइनान्सको नाफा आठ लाख १२ हजार


काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा आठ लाख १२ हजार दुई सय ६६ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने फाइनान्सको यस्तो नाफा ४७ लाख ३१ हजार दुई सय ४१ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ७२ करोड ९४ लाख ९६ हजार सात सय ४७ रुपैयाँ रहेको फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ९९ करोड ४३ लाख ९६ हजार एक सय ४४ रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४८ करोड ९९ लाख १३ हजार आठ सय ५६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड ९२ लाख ४० हजार एक सय ५४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १० दशमलव ४२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा २१ करोड २३ लाख ३८ हजार एक सय ५६ रुपैयाँले ऋणात्मक रहेको फाइनान्सको स्प्रेडदर भने चार दशमलव ५५ प्रतिशत रहेको थियो ।

गत आवको सोही अवधिमा भने फाइनान्सले एक अर्ब ८० करोड ६१ लाख सात हजार छ सय ४० रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ३० करोड ३३ लाख ८८ हजार १५ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा पाँच करोड चार लाख ३६ हजार पाँच सय ५३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १४ दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ५० प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया