गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको नाफा ऋणात्मक
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा छ करोड ३० लाख ७० हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले ७२ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब एक करोड २१ लाख ७६ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको दोस्रो त्रैमासमा सात अर्ब ८६ करोड ४९ लाख ७६ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २२ करोड ३५ लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा आठ करोड ५५ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा छ दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा छ करोड ६४ लाख ९५ हजार रुपैयाँले ऋणात्मक रहेको फाइनान्सको स्प्रेडदर चार दशमलव ४९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले सात अर्ब ६३ करोड ९३ लाख १६ हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ४३ करोड ६५ लाख ९३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १३ करोड २३ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा तीन दशमलव २१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ९७ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- अवैध सुनको आयात बढ्दा भारतीय रूपैयाँको मूल्य बढ्यो
- बैंकहरूले घटाए ब्याजदर
- यो वर्ष पनि राजस्व र पुँजीगत खर्च कमजोर
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया