Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेरो माइक्रो फाइनान्सले संस्थापक सेयर रूपान्तरण गर्ने

मेरो माइक्रो फाइनान्सले संस्थापक सेयर रूपान्तरण गर्ने


काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले बढी अनुपातमा रहेको संस्थापक सेयर साधारण सेयरमा रूपान्तरण गर्ने भएको छ । संस्थामा हाल संस्थापक सेयरको अनुपात ६९ दशमलव ४० प्रतिशत र साधारण सेयरको अनुपात ३० दशमलव ६० प्रतिशत रहेकोमा यसलाई क्रमशः ५९ दशमलव ४० र ४० दशमलव ६० को अनुपातमा कायम गर्न लागेको हो ।

सेयर रूपान्तरणसम्बन्धी प्रस्ताव संस्थाको यही माघ २६ गते हुने ११औँ वार्षिक साधारणसभाले पारित गर्ने संस्थाले जानकारी दिएको छ । संस्थाले उक्त दिन नुवाकोटमा सिद्धार्थ होटल वाटर टावरमा वार्षिक साधारणसभा गर्न लागेको छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि संस्थाको यही माघ पाँच गते एक दिनका लागि सेयर दर्ता किताब बन्द हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया