Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकामना सेवा विकास बैंकद्वारा जुत्ता सर्भिस बुथ हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा जुत्ता सर्भिस बुथ हस्तान्तरण


काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा काठमाडौं मनपा वडा नं ३, रानीबारीचोकमा जुत्ता मेन्डरको लागि एक सर्भिस बुथ निर्माण गरी हस्तान्तरण गरेको छ । उक्त क्षेत्रमा अव्यवस्थित तवरले बस्ने जुत्ता मेन्डरको लागि आफ्नो पेसालाई सहज र व्यवस्थित बनाउनका लागि महानगरपालिकाअन्तर्गत वडा कार्यालयसँगको समन्वयमा उक्त जुत्ता मेन्डर सर्भिस बुथ निर्माण गरिएको हो ।

उक्त बुथको समुद्घाटन काठमाडौं महानगरपालिका वडा नं ३ का वडा सदस्य सीता थापाले गरेका थिए । उक्त समुद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बोल्दै वडा सदस्य थापाले अव्यवस्थित तवरले जुत्ता पालिस तथा मर्मत गर्ने व्यक्तिहरूलाई व्यवस्थित बनाउनका लागि बैंकले गरेको सहयोगलाई धन्यवाद ज्ञापन गरे । उक्त बुथ रानीबारीस्थित जुत्ता मेन्डर उपेन्द्र दासलाई हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा स्थानीय समाजसेवी तथा अन्य महानुभावको उपस्थिति रहेको थियो ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गर्ने यस्ता कार्यले जुत्ता मेन्डरलाई एक व्यवस्थित स्थान प्रदान गरी उनीहरूको आफ्नो जीविकोपार्जन गर्न सहयोग पुगोस् भन्ने उद्देश्य रहेको बैंकले जनाएको छ । यससँगै बैंकले आगामी दिनमा समेत सरोकारवालाको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यलाई निरन्तरता दिनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया