समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । समृद्धि फाइनान्सले शुक्रबार अनामनगरस्थित सिटी मन्टेस्वरीका शिक्षिका तथा कर्मचारीहरूबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
सो कार्यक्रममा फाइनान्सका नायब प्र्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले उपस्थित ३१ जनाको समूहलाई बैङ्किग प्रणालीको आवश्यकता र महत्व प्रकाश पार्नुका साथै बचत गर्ने बानीको विकास, महत्व, बैङ्किग प्राणलीबाट प्रदान हुने सुविधाहरू र बैङ्किग सेवा लिन प्रोत्साहन प्रदान गरेका थिए ।
सिटी मन्टेस्वरीकी पिन्सिपल पुष्पा रिजालले शिक्षक तथा कर्मचारीबीच राखिएको सो कार्यक्रमले बैङ्किग चेतनाको विकास गरेको भन्दै फाइनान्स परिवारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ भने आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडजस्ता डिजिटल सुविधाहरू प्रदान गरिरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- एउटी नर्सको कथा व्यथा
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
- अवैध सुनको आयात बढ्दा भारतीय रूपैयाँको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया