Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसन सेक्युरिटिज र युनिग्लोबल सेकेन्डरी स्कुलबीच सम्झौता

सन सेक्युरिटिज र युनिग्लोबल सेकेन्डरी स्कुलबीच सम्झौता


काठमाडौं । सन सेक्युरिटिज प्रालि (ब्रोकर नं. ६४) र १०+२ का क्षेत्रमा चिरपरिचित युनिग्लोब सेकेन्डरी स्कुल कमलादीबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त सम्झौता सम्पन्न भएको हो ।

सन सेक्युरिटिज पार्टनरसिप कार्यक्रमअन्तर्गत भएको यस सम्झौतामा सन सेक्युरिटिज प्रालिले युनिग्लोब कलेजअन्तर्गत १०+२ मा अध्ययनरत विद्यार्थीलाई वर्षैभर सेयर बजार र यसका विभिन्न पक्षहरूसँग सम्बन्धित निःशुल्क तालिम, वर्कसप तथा सेमिनार कार्यक्रम आयोजना गर्नेछ । यसका साथै प्राथमिक बजारमा गरिने लगानीका विभिन्न पक्षहरूका साथै धितोपत्रको दोस्रो बजारअन्तर्गत गरिने कारोबार तथा लगानीसँग सम्बन्धित आधारभूत तथा प्राविधिक विश्लेषणका तालिमहरू प्रदान गर्नेछ । यो सम्झौताअन्तर्गत युनिग्लोब कलेजका विद्यार्थी तथा तिनका परिवार र शिक्षक एवम् कर्मचारीलाई सन सेक्युरिटिज प्रालिले तालिमका साथै बजारसँग अझै नजिक बनाउन उनीहरूलाई आवश्यक हुने डिम्याट खाता, मेरो सेयर निःशुल्क प्रदान गर्नुका साथै ब्रोकर कारोबार खाता खोल्ने सुविधा प्रदान गर्नेछ । साथै, कलेजसँगको समन्वयमा १०+२ मा अध्ययनरत विद्यार्थीलाई एकेडेमिक हिसाबले उपर्युक्त हुने गरी गेस्ट लेक्चरहरू समेत प्रदान गर्नेछ ।

सम्झौतामा कलेजका तर्फबाट प्रिन्सिपल डा गणेश रेग्मीले हस्ताक्षर गरेका थिए भने सन सेक्युरिटिजका तर्फबाट कार्यकारी अध्यक्ष श्री कृष्ण गिरीले हस्ताक्षर गरेका थिए । सम्झौता कार्यक्रममा बोल्दै सन सेक्युरिटिज प्रालिका अध्यक्ष कृष्ण गिरीले सन सेक्युरिटिज पार्टनरसिप कार्यक्रमले विद्यालय तहबाटै विद्यार्थीलाई नेपालको सेयर बजारको बारेमा सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक ज्ञान दिने कोसिस गरेको र यस्तो किसिमको कार्यक्रमले भविष्यमा पुँजीबजारका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा सहयोग पु¥याउनुका साथै दक्ष तथा ज्ञान भएका लगानीकर्ताहरू वृद्धि हुने तथा यसले समग्र पुँजीबजारलाई नै प्रत्यक्ष तथा अप्रत्यक्ष ढंगबाट सहयोग पुग्ने अपेक्षा गरेको बताए ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया