Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकालङ्गा हाइड्रो र ज्योति क्यापिटलबीच सम्झौता

कालङ्गा हाइड्रो र ज्योति क्यापिटलबीच सम्झौता


काठमाडौं । कालङ्गा हाइड्रो लिमिटेड र ज्योति क्यापिटलबीच सम्झौता भएको छ । हाइड्रो कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँका दरले ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता सेयर जारी गर्नको लागि ज्योति क्यापिटलसँग सम्झौता गरेको हो । कम्पनीका अनुसार ४९ लाख कित्ता साधारण सेयरमध्ये ३४ करोड ९० लाख रुपैयाँ बराबरको ३४ लाख ९० हजार कित्ता साधारण सेयरको प्रत्याभूति ज्योति क्यापिटलले गर्ने भएको छ ।

कालङ्गा हाइड्रो लिमिटेडको रजिस्टर्ड कार्यालय, धोबिघाट, ललितपुरमा आयोजित एक समारोहबीच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र कालङ्गा हाइड्रो लिमिटेडको तर्फबाट सञ्चालक तीर्थराज चटौतले सेयर प्रत्याभूति गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । ज्योति विकास बैंकको सहायक कम्पनीको रूपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ । हरेक ग्राहकको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमति प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया