सिटिजन्स बैंकद्वारा आमा घरका बालबालिकालाई न्यानो कपडा वितरण
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आमा घर, गोदावरीका बालबालिकालाई न्यानो कपडा सहयोग प्रदान गरेकोे छ । आमा घर आफ्नो घर र परिवार गुमाएर जोखिममा रहेका घरबारविहीन बालबालिकालाई हेरचाह गर्ने संस्था हो । अभावमा रहेका बालबालिकालाई घर, उत्कृष्ट शिक्षा, स्वास्थ्य र हेरचाह प्रदान गर्न समर्पित आमा घरमा हाल ४६ जना बालबालिका आश्रित रहेका छन् ।
चिसो मौसमलाई मध्यनजर गर्दै बालबालिकाहरूको पठनपाठन र दिनचर्यामा समेत मद्दत पुगोस् भनेर संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो । बैंकको यस कार्यबाट आमा घरका बालबालिका लाभान्वित भएका छन् । आमा घरमा आज आयोजित एक समारोहका बीच सहयोगस्वरूप न्यानो कपडा हस्तान्तरण गरिएको हो । समारोहमा आफू उपस्थित हुन नपाए पनि बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले आफ्नो संस्थाले सहयोगस्वरूप न्यानो कपडा बालबालिकाहरूलाई दिन पाउँदा समाजप्रतिको उत्तरदायित्व बोध गरेको सन्देश व्यक्त गरे ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आप्mना एक सय ९० वटा शाखा, एक सय ५२ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १७ लाख १६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 11
ताजा अपडेट
- (रास्वपा) सभापति लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी
- कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह
- राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण
- नेपाल ओलम्पिक कमिटीलाई पारदर्शी रुपमा सञ्चालन गर्न प्रधानमन्त्रीसँग माग
- ‘द्वन्द्वको प्रकृति परिवर्तन भए पनि पीडितको समस्या उस्तै छ’
- इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीको ध्यानाकर्षण
- नौं अंकले उक्लियो शेयर बजार
- पहिलो चौमासिकमा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया