Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १६ प्रतिशत बोनस सेयर दिने

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १६ प्रतिशत बोनस सेयर दिने


काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । कम्पनीको सोमबार भएको सातौँ वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो ।

कम्पनीले सेयरधनीलाई १६ प्रतिशत सोनस सेयर र शून्य दशमलव ८४ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा भएको सभाले नियमित एजेन्डाहरू सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आव २०७९/८० को सहायक कम्पनी रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेडसहितको एकीकृत वित्तीय विवरणहरू पारित गरेको छ । यस्तै, लेखापरीक्षकको नियुक्ति, पुँजी वृद्धि गर्ने र प्रबन्धपत्रका सम्बद्ध दफाहरू संशोधन गर्ने विशेष प्रस्तावहरू समेत पारित गरेको छ ।

वार्षिक साधारणसभाबाट कम्पनीमा पहिलोपटक सर्वसाधारण सेयरधनीहरूको तर्फबाट डा भीष्म कार्की र दिवेश लोहनी सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् । यसै वर्ष सर्वसाधारणमा प्रिमियममा सेयर जारी गरेको कम्पनीको चुक्ता पुँजी चार अर्ब ६४ करोड रुपैयाँ पूरा भएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया