महालक्ष्मी विकास बैंकको नयाँ वर्ष लक्षित कर्जा योजना
काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८१ लाई लक्षित गरी महालक्ष्मी घर कर्जा, महालक्ष्मी व्यावसायिक कर्जा तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत)मा आकर्षक ब्याजदर रहने गरी नयाँ योजनाहरू ल्याएको छ ।
सो योजनाअन्तर्गत महालक्ष्मी घर कर्जा र महालक्ष्मी व्यावसायिक कर्जा मात्र १० दशमलव ९९ प्रतिशत तथा महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मात्र ११ दशमलव ४९ प्रतिशत वार्षिक ब्याजदरमा प्रदान गरिनेछ । उपरोक्त तिनै प्रकारको कर्जाहरूमा पहिलो एक वर्षको लागि स्थिर ब्याजदर कायम रहने र महिलाको हकमा सेवा शुल्कमा २५ प्रतिशतसम्म छुट प्रदान गर्न सकिनेछ । साथै, आवश्यक सम्पूर्ण कागजात प्राप्त भएको तीन कार्य दिनभित्र नै कर्जा प्रवाह गरिने बैंकले जनाएको छ ।
उक्त योजनाअनुसार आवासीय÷व्यापारिक घर÷जग्गा खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप÷पुनर्निर्माण÷मर्मत सम्भार गर्न महालक्ष्मी घर कर्जाअन्तर्गत न्यूनतम दुई वर्षदेखि अधिकतम ३० वर्ष अवधि रहने गरी पाँच करोड रुपैयाँसम्मको कर्जा प्रदान गरिनेछ । साना तथा मझौला व्यवसायीहरूको कर्जामा कम ब्याजदरको अपेक्षा तथा मागलाई सम्बोधन गर्न एक वर्षदेखि १५ वर्षको अवधिसम्मको लागि १० दशमलव ९९ प्रतिशतमा व्यावसायिक कर्जा प्रदान गर्ने योजना ल्याएको छ । त्यसैगरी, महालक्ष्मी सवारी कर्जा (व्यक्तिगत) मा ११ दशमलव ४९ प्रतिशत वार्षिक ब्याजदरमा कर्जा प्रदान गरिने बताइएको छ । सवारी कर्जा (व्यक्तिगत) को न्यूनतम अवधि दुई वर्ष र अधिकतम अवधि पाँच वर्षसम्म रहनेछ । बैंकका अनुसार विद्युतीय सवारीको हकमा भ्याट बिल वा कोटेसन मूल्यको ८० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा र अन्य सवारीमा कोटेसन मूल्यको ५० प्रतिशतसम्म कर्जा प्रदान गरिनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया