ज्योति क्यापिटल र नगरकोट रिसोर्टबीच सम्झौता
काठमाडौं । ज्योति क्यापिटल लिमिटेड र नगरकोट रिसोर्ट लिमिटेडबीच सहकार्यसम्बन्धी दुई पक्षीय सम्झौता भएको छ । सम्झौतासँगै क्यापिटलले संस्थागत परामर्श सेवा ‘व्यवसायको आरम्भदेखि सम्पन्नतासम्म’ प्रदान गर्ने भएको छ ।
ज्योति क्यापिटलले संस्थागत परामर्श सेवा ‘व्यवसायको आरम्भदेखि सम्पन्नतासम्म’अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीलाई कम्पनीको स्थापना कालदेखि सर्वसाधारणलाई सेयर जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने गरेको छ । सोही सेवाअन्तर्गत संस्थागत परामर्श सेवासहित पुँजी संरचना परिवर्तन, प्राइभेट इक्विटीको व्यवस्थालगायतका कार्य गर्न आवश्यक परामर्श दिई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भएबमोजिमका कार्य गर्न सक्ने बनाउन दुई संस्थाबीच सम्झौता भएको हो । सो सम्झौतामा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र नगरकोट रिसोर्टका अध्यक्ष सुरेन्द्र राउत क्षेत्रीले हस्ताक्षर गरेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया