पाही इन्भेस्टमेन्टको लगानीकर्ता सचेतना कार्यक्रम
काठमाडौं । पाही इन्भेस्टमेन्टले सरस्वतीको पूजाको अवसरमा बुधबार लगानीकर्ता सेयर सचेतना कार्यक्रम गरेको छ । कम्पनीले लगानीकर्तामाझ सेयरबजारको आधारभूत पक्ष, नेपालको सेयरबजार, कम्पनी विश्लेषण, पोर्टफोलियो व्यवस्थापन तथा प्राविधिक विश्लेषण बारेमा जानकारी दिन सो कार्यक्रम आयोजना गरेको जनाएको छ ।
साथै, कार्यक्रममा लगानीकर्तासँग रहेका सेयरबजारसँग सम्बन्धित विभिन्न समस्या तथा तिनको समाधानका विषयमा अन्तक्र्रिया भएको थियो । सो कार्यक्रममा पाही इन्भेस्टमेन्टका अध्यक्ष इन्द्रदेव यादवले सेयरबजार, सम्भावना, चुनौती, डिम्याट, लगानी गर्ने अवसर, पर्खने अवस्थालगायतका विविध विषयमा जानकारी दिए । साथै, उनले सेयरबजार सचेतनाको काम हुनुका साथै सेयरबजारसम्बन्धी सम्पूर्ण प्रक्रिया, ज्ञान र अनुभव कार्यक्रममा सहभागी भएकालाई जानकारी दिइएको उल्लेख गरे । सेयरबजारको विनाज्ञान लगानी गर्दा लगानी डुब्ने खतरा भएकाले आफूले लगानी गर्न चाहेको कम्पनीको बारेमा अध्ययन गरेर मात्र लगानी गर्ने वा नगर्ने निर्णय लिनुपर्ने पाही इन्भेस्टमेन्टका कार्यकारी निर्देशक कमल धितालले बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- सहरमा भुस्याहा कुकुरको व्यवस्थापन
- भ्रष्टाचारको आरोपमाथि स्वतन्त्र छानबिन गर
- क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा पुनः न्यौपाने
- नाम्दु सबस्टेसन मंसिरभित्रै सञ्चालनमा आउने
- उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात
- टेलिकमको नाफामा गिरावट
- अवैध सुनको आयात बढ्दा भारतीय रूपैयाँको मूल्य बढ्यो
- बैंकहरूले घटाए ब्याजदर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया