सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले डाक्यो साधारणसभा
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३०औँ साधारणसभा आह्वान गरेको छ । इन्स्योरेन्सले फागुन ३० गते बिहान ११ बजे काठमाडौंको भगवती बहाल स्थित लिसरा रिसेप्सनमा साधारणसभा डाकेको हो ।
साधारणसभाले चुक्ता पुँजीको ११ प्रतिशत (३० करोड ८७ लाख रुपैयाँ) बराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यस्तै, साधारणसभाबाट प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्ताव पनि पारित गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले फागुन ११ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । फागुन १० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम सेयरधनीले साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- बुद्धसिंह मार्ग बीस दिनदेखि अवरुद्ध
- धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण
- तीन दिनका लागि कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक बन्द
- कोजाग्रत पूर्णिमाका अवसरमा प्रकाशद्वारा चियापान कार्यक्रम
- मन्त्री अधिकारीद्वारा नेपालको कृषि क्षेत्रमा लगानी गर्न आग्रह
- ज्योति विकास बैंकका ग्राहकलाई कुटी रिसोर्टमा छुट
- आयोगद्वारा नेपाली नागरिकता त्याग गर्नेकोे विवरण माग
- सशस्त्र प्रहरीको सेटिङमा सीमा नाकामा तस्करी !
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया