सूर्यज्योति लाइफको एमडीआरटी मिट सम्पन्न
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले एमडीआरटी मिट २०२४ सम्पन्न गरेको छ । धुलिखेलस्थित आगन्तुक रिजोर्टमा आयोजित कार्यक्रममा एमडीआरटी २०२४का लागि मनोनित सबै एमडीआरटीहरू सम्मानित भएका छन् ।
कार्यक्रममा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशविक्रम खत्रीले आगामी वर्ष तुलनात्मक हिसाबले एमडीआरटीहरूको संख्यामा वृद्धि गर्न हौसला दिँदै आजैबाट आफ्नो गन्तव्यतिर लाग्न पे्ररित गरेका थिए । अथक मेहनत, लगन र प्रयासस्वरूप एमडीआरटी बन्न सफल सबैलाई बधाई दिँदै सीईओ खत्रीले अर्थतन्त्रको अवस्था र चुनौतीका बाबजुत पनि उत्कृष्ट व्यवसाय गरी एमडीआरटी बन्न सफल सबैलाई बधाई दिए ।
इन्स्योरेन्सका ब्राण्ड एम्बेसेडर राजेश हमालले आफू सूर्यज्योति लाइफसँग विगत लामो समयदेखि हातेमालो गर्दै सँगै अगाडि बढ्न पाएकोमा खुशी लागेको बताए । आफू कलाकारको रूपमा विभिन्न डिजिटल तथा फिल्मबाट मात्र नभई अभिकर्ताहरूसँग प्रत्यक्ष साक्षात्कार गर्न पाउँदा हर्षित भएको बताए ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत, कम्पनीका उच्च पदाधिकारीहरू, प्रदेश प्रमुखहरू, क्षेत्रीय प्रबन्धकहरूका साथै कम्पनीका ब्राण्ड एम्बेस्डर राजेश हमालको उपस्थिति थियो ।
इन्स्योरेन्सको हाल चु्क्ता पुँजी चार अर्ब ५४ करोड रुपैयाँ, कुल लगानी ३७ अर्ब ४५ करोड रुपैयाँ, जीवन बीमा कोष ३० अर्ब ५२ करोड रुपैयाँ, पुस मसान्तसम्मको नाफा २३ करोड ६६ लाख रुपैयाँ रहेको छ । इन्स्योरेन्सले देशभर एक सय ७६ शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आएको जनाएकोे छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- मेरो माइक्रो फाइनान्सको नाफा ३६ लाख ५० हजार
- नेरुडे मिर्मिरे लघुवित्तको नाफा ऋणात्मक
- नेसनल लघुवित्तको नाफा १० करोड ४७ लाख
- सूर्योदय लघुवित्तको नाफा ऋणात्मक
- सामुदायिक लघुवित्तको नाफा ऋणात्मक
- साना किसान लघुवित्तको नाफा ३२ करोड १८ लाख
- शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनबीच सम्झौता
- अपर मुस्ताङमा सीएफ मोटो एडभेन्चर राइड हुने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया