Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंकको भिडियो केवाईसी सेवा शुभारम्भ

माछापुच्छ्रे बैंकको भिडियो केवाईसी सेवा शुभारम्भ


काठमाडौं । माछापुच्छ्रे बैंकले भिडियो केवाईसी सेवाको शुभारम्भ गरेको छ । उक्त सेवाको सुरुवातसँगै नयाँ ग्राहकहरूले अनलाइनमार्फत खाता खोली भिडियो केवाईसीमार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्नेछन् । भिडियो केवाईसीमार्फत खाता खोल्दा ग्राहकहरू बैंकमा केवाईसी फर्म भर्न तथा नयाँ खाता खोल्न बैंकसम्म आउनुपर्ने छैन् । यो सेवाबाट देश भित्रै वा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरूले विश्वको कुनै पनि ठाउँमा बसेर २४सै घण्टा अनलाइनबाटै बैंकमा खाता खोल्न र भिडियो केवाईसी सेवामार्फत आफ्नो खाता एक्टिभेट गर्न सक्ने बैंकले जनाएको छ ।

केवाईसी सेवाबाट नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियोमार्फत गर्न सकिने छ । हाल बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेको छ । भिडियो केवाईसी सेवाको उपयोग गरी बैंकसम्म पुग्नुपर्ने झन्झट हटेको बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया