नेसनल लाइफ इन्स्योरेन्स ३७औँ वर्षमा
काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ३७औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ३७औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाएको जनाएको छ ।
कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो । सो कार्यक्रममा ५० भन्दा बढी कम्पनीका कर्मचारीहरूको सहभागिता जनाएका थिए । यस्तै, देशभरमा ५३ वटा बाल र वृद्ध आश्रमहरूमा खाना खुवाउने कार्यक्रम समेत आयोजना गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अपाङ्गता संरक्षण नेपालको सहायतामा एक सय २३ जना दृष्टिविहीन व्यक्तिहरूलाई सेतो छडी पनि वितरण गरिएको छ ।
कम्पनीले विगत वर्ष सरह चालू वर्षमा राम्रो व्यावसायिक प्रगति गरेको जनाएको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको यस कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट कम्पनीले सेयरधनीहरूलाई आठ प्रतिशत बोनस सेयर तथा छ दशमदव पाँच प्रतिशत नगद लाभांश र बोनस सेयरमा कर प्रयोजनका लागि थप नगद लाभांश दिएको छ । यस्तै, कम्पनीको जीवनबीमा कोषमा ७१ अर्ब रुपैयाँको हाराहारीमा रकम जम्मा भएको जनाएको छ । आर्थिक वर्ष २०७८/७९ बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी पाँच अर्ब एक करोड रुपैयाँ रहेको छ । कम्पनीले आफ्ना बीमितहरूलाई उत्कृष्ट बोनस दर प्रदान गर्दै आएको जनाएको छ ।
आव २०७८/७९ को बीमाङ्कीय मूल्याङ्कनपश्चात बीमितलाई न्यूनतम प्रतिहजार ६३ रुपैयाँदेखि अधिकतम् प्रतिहजार ८५ रुपैयाँसम्म प्रदान गरेको कम्पनीको भनाइ छ । यस्तै, कम्पनीको एक सय १७ शाखा कार्यालय संख्या र पाँच सय कर्मचारी संख्या रहेका छन् । कम्पनीमा एक लाखभन्दा बढी अभिकर्ता कार्यरत रहेको बताइएको छ । कम्पनीले स्थापनाकालदेखि २०८० साल पुस मसान्तसम्म कुल बीमाशुल्क आम्दानी एक सय दुई अर्ब ३० करोड रुपैयाँ आर्जन गरेको छ भने कुल ४५ लाख ५६ हजार बीमालेख जारी गरेको जनाएको छ । यस्तै, कुल ३७ अर्ब ४९ करोड रुपैयाँ बराबर बीमा दाबी भुक्तानी गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
- नबिललाई आठौँ पटक बढी कर तिर्ने बैंकको सम्मान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया