सन सेक्युरिटिजद्धारा “सन विथ कम्युनिटि” कार्यक्रम सञ्चालन
काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले मा “सन विथ कम्युनिटि” कार्यक्रमको शुरुवात गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत काठमाण्डौ महानगरपालिका वडा नम्बर १ सँगको सहकार्यमा सो कार्यक्रम आयोजना गरेको हो ।
संस्थाको कार्यालय नक्सालमा काठमाण्डौ महानगरपालिका वडा नं. ०१ मा बसोबास गर्ने स्थानीय वासिन्दाहरूलाई समेटेर कार्यक्रमको थालनी गरिएको हो । कार्यक्रम अन्तरगत संस्थाले सो वडाका स्थानीय वासिन्दाहरूलाई शेयर बजार तथा लगानी सम्बन्धी १ दिने तालिम तथा सचेतना प्रदान गरेको छ । कार्यक्रममा सो वडाका सचिव सर्वज्ञ राज पौडेल संस्थाले संचालन गरेको कार्यक्रमबाट वडाबासी लाभान्वित हुने बताए । साथै शेयरबजारमा लगानी गरी स्थानीयले अतिरिक्त लाभ आर्जन गर्न सक्ने भएको हुँदा प्राथमिक बजार तथा दोश्रो बजारमा बुझेर मात्रै लगानी गर्नुपर्ने उनले बताए ।
यसैगरी सन सेक्युरिटिजका अध्यक्ष कृष्ण गिरीले यस वडाभित्र धितोपत्र ब्रोकर व्यवसाय सञ्चालन गर्दैगर्दा यसको लाभ सम्पूर्ण वडाबासीहरूले पाउन भनेर व्यवसायलाई कम्युनिटिसँग जोड्ने पहलस्वरुप यस प्रकारको कार्यक्रको शुरुवात गरिएको बताए । यस्तो कार्यक्रम हरेक महिनाको दोश्रो शुक्रबार सञ्चालन गरिने उनले जानकारी दिए । यसबाहेक पनि वडावासी स्थानीयहरूले सन सेक्युरिटिजको कार्यालयमा कार्यालयसमयभित्र आई शेयर बजार तथा लगानीका विषयमा रहेका आफ्ना समस्या तथा जिज्ञासाहरू राख्न सक्ने उनले बताए ।
कार्यक्रममा शेयर बजार सम्बन्धी आधारभूत तालिम कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा शेयर बजारको वर्तमान अवस्था, शेयरबजारमा निहित जोखिम तथा यसको व्यवस्थापन, शेयर बजारमा लगानी गर्ने समय र तरिका लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । कार्यक्रममा करिब ६० जना स्थानीयहरूको सहभागिता रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
- नबिललाई आठौँ पटक बढी कर तिर्ने बैंकको सम्मान
- मेरो माइक्रो फाइनान्सको नाफा ३६ लाख ५० हजार
- नेरुडे मिर्मिरे लघुवित्तको नाफा ऋणात्मक
- नेसनल लघुवित्तको नाफा १० करोड ४७ लाख
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया