Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिटिजन्स बैंकको क्रसबोर्डर व्यावसायिक भुक्तानी सेवा

सिटिजन्स बैंकको क्रसबोर्डर व्यावसायिक भुक्तानी सेवा


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा क्रसबोर्डर व्यावसायिक भुक्तानी सेवा सुरुवात गरेको छ ।

यस सेवाअन्तर्गत पहिलो चरणमा सिटिजन्स बैंकमार्फत क्युआर भुक्तानी सेवा लिएका व्यवसायमा कारोबार गर्दा भारतीय एपमार्फत भुक्तानी गर्न सकिने छ । हाललाई यस्तो सेवा भारतीय एप भीम र फोनपे एपमार्फत नेपालस्थित सिटिजन्स बैंकका फोनपे क्युआरमार्फत गर्न सकिने भए पनि भविष्यमा बैंकको मोबाइल बैंकिङ एपमार्फत भारतमा समेत कारोबार गर्न मिल्ने व्यवस्था गर्न लागिएको जनाइएको छ । यसका साथै सिटिजन्स बैंककै मोबाइल बैकिङ प्रयोग गरी भारतमा र भारतबाट सिटिजन्स बैंकका खातामा समेत रकमान्तर गर्न मिल्ने गरी कार्य भइरहेको बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया