Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबीमा बजार‘गरिबी निवारण र समृद्धिको आधार तयार गर्ने माध्यम बीमा’

‘गरिबी निवारण र समृद्धिको आधार तयार गर्ने माध्यम बीमा’


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ पोषराज पौडेलले स्वास्थ्य उपचारका कारण वर्षेनि पाँच लाख मानिस गरिबीको रेखामुनि परेको बताएका छन् । बागमती प्रोस्कुनले आयोजना गरेको ‘बागमती प्रदेश साकोस समिट’मा ‘सहकारीमा सदस्य सुरक्षाः जोखिम स्थानान्तरणको लागि बीमा’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै पौडेलले हरेक पाइलामा जोखिम रहेकाले त्यसलाई ट्रान्सफर गर्न आग्रह गरे ।

जोखिमलाई ट्रान्सफर गर्न नसके विकास खर्चलाई समेत प्रभाव पार्ने भएकाले सबैले बीमा गर्न आवश्यक रहेको उनको भनाइ छ । भूकम्पको समयमा बीमा कम्पनीले १६ अर्ब रकम भुक्तानी गरेको भन्दै उनले अब सरकारले पेन्सन र सामाजिक सुरक्षा भत्ता समेत नबाँड्ने कुरा आएकाले बीमाको विकल्प नभएको बताए । नेपालमा संस्थागतरूपमा छ प्रतिशत र अभिकर्तामार्फत ९० प्रतिशत बीमा बिक्री हुने गरेको छ । सदस्यलाई गरिबीमा जान जोगाउने र समृद्धिको आधार तयार गर्ने माध्यम बीमा भएको पौडेलले बताए । भ्रष्टाचार निवारणका लागि पनि बीमा आवश्यक रहेको उनले बताए । बीमाले सम्पत्तिको क्षतिको रक्षावरण, सहकारी संस्थाको असीमित दायित्वको व्यवस्थापन र संस्थागत सुशासनमा सघाउन मद्दत गर्ने उनले जानकारी दिए ।

चन्द्रागिरि साकोसका सीईओ कृष्णकुमार श्रेष्ठले कार्यपत्र माथि टिप्पणी गर्दै बीमा हरेक क्षेत्रमा आवश्यक रहेको बताए । जोखिम न्यूनीकरण र जोखिम स्थानान्तरणमा बीमाको महत्व रहेको श्रेष्ठले बताए । बीमा क्षेत्रमा कस्ता प्रडक्ट आवश्यक हुनुपर्छ भन्नेमा रिसर्ज गर्नुपर्ने र नयाँ–नयाँ प्रोडक्ट ल्याउन उनले सुझाए । सहकारी राहत कोषलाई बीमासँग जोड्न सक्दा धेरै सदस्यलाई यस्ता कार्यक्रममा जोड्न सकिने उनको बुझाइ छ । क्लिेम सेटलमेन्ट झन्झटिलो भएको र यसले कतिपय समयमा समस्या बनाएको श्रेष्ठले बताए ।


क्याटेगोरी : बीमा बजार, बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया