Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपोखरा विश्वविद्यालय स्टडी ग्रुप र सन् सेक्युरिटिजबीच सम्झौता

पोखरा विश्वविद्यालय स्टडी ग्रुप र सन् सेक्युरिटिजबीच सम्झौता


काठमाडौं । सन सेक्युरिटिज प्रालि (ब्रोकर नं ६४) र पोखरा विश्वविद्यालयअन्तर्गतको स्टडी ग्रुप फर बैंकिङ एन्ड इन्स्योरेन्स पोखराबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालनका लागि एक सम्झौता भएको छ ।

सम्झौता बुधबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो । सन नलेज पार्टनरसिप कार्यक्रमअन्तर्गत भएको यस सम्झौतामा सन सेक्युरिटिजले पोखरा विश्वविद्यालयका स्कुल अफ विजनेस संकायअन्तर्गत अध्ययनरत विद्यार्थीलाई वर्षैभरि सेयरबजार र यसका विभिन्न पक्षसँग सम्बन्धित निःशुल्क तालिम, वर्कसप तथा सेमिनार कार्यक्रम आयोजना गर्नेछ । यसका साथै प्राथमिक बजारमा गरिने लगानीका विभिन्न पक्षहरू, धितोपत्रको दोस्रो बजारअन्तर्गत गरिने कारोबार तथा लगानीसँग सम्बन्धित आधारभूत तथा प्राविधिक विश्लेषणका तालिमहरू प्रदान गर्नेछ ।

यस सम्झौताअन्तर्गत पोखरा विश्वविद्यालयका स्कुल अफ बिजनेस संकायका विद्यार्थी तथा शिक्षक एवम् कर्मचारीलाई सन सेक्युरिटिजले डिम्याट खाता, मेरो सेयर निःशुल्क प्रदान गर्नुका साथै ब्रोकर कारोबार खाता खोल्ने सुविधा प्रदान गर्नेछ । पोखरा विश्व विद्यालय फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिजका डिन डा दयाराज ढकालको समुपस्थितिमा सम्पन्न कार्यक्रममा पोखरा विश्वविद्यालय स्टडी ग्रुपका अध्यक्ष स्वस्तिका क्षेत्री र सन सेक्युरिटिजका कार्यकारी अध्यक्ष कृष्ण गिरीले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सम्झौता कार्यक्रमसँगै सन सेक्युरिटिजले पोखरा विश्वविद्यालयका स्कुल अफ बिजनेस संकायअन्तर्गत बीबीए र बीबीएबीआईका विद्यार्थीहरूलाई एक दिने वित्तीय साक्षरता तथा सेयर सचेतना कार्यक्रम समेत आयोजना गरेको छ । उक्त तालिममा सेयरबजारको वर्तमान अवस्था, सेयरबजारमा निहीत जोखिम तथा यसको व्यवस्थापन, सेयरबजारमा लगानी गर्ने समय र तरिकालगायतका विषयमा तालिम प्रदान गरिएको थियो । कार्यक्रममा बीबीए तथा बीबीएबीआईमा अध्ययनरत करिब ७० जना विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10

तपाईको प्रतिक्रिया