इ–सेवाबाट जीवन बीमाको प्रिमियम तिर्दा ५० हजार रुपैयाँसम्म फाइदा
काठमाडौं । सुरक्षित जीवन तथा परिवारको भविष्य सुनिश्चित गर्नका लागि जीवन बीमा अत्यावश्यक रहेको कारणले नेपालमा जीवन बीमाको संख्या बढ्दो क्रममा रहेको छ । साथै, समय व्यस्तताका कारण घरायसी तथा व्यावसायिक भुक्तानीको लागि अनलाइनका माध्यमहरूको लोकप्रियता पनि बढ्दारूपमा रहेको छ ।
यी दुवै कुराहरूलाई मध्यनजर गर्दै नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक संस्था इ–सेवा प्रालिले एउटा विशेष अफर लिएर आएको छ । यस अफरअन्तर्गत इ–सेवा एप वा वेभबाट नेपालभरिमा कुनै एक जीवन बीमा कम्पनीको प्रिमियम तिर्ने एक भाग्यशाली विजेताले बम्परमा आफ्नो रोजाइको पुरस्कार पाउनु सक्नुहुनेछ । पुरस्कार राशि नगद ५० हजार रुपैयाँ बराबरको हुनेछ । यस विशेष अफरको बम्पर पुरस्कार विजेताले नगद ५० हजार रुपैयाँ वा ५० हजार बराबरको ल्यापटप वा ५० हजार रुपैयाँ बराबरको स्मार्टफोन जित्न सक्नेछन भने पाँच जना भाग्यशाली विजेताले स्मार्टवाच तथा थप पाँच जना भाग्यशाली विजेताले एयरबड्स जित्न सक्ने छन् । यसका साथै इ–सेवाबाट पहिलो पटक जीवन बीमाको प्रिमियम तिर्ने सबै प्रयोगकर्ताहरूले एक सय रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नुहुनेछ। क्यासब्याक पाउनको लागि इ–सेवाबाट प्रिमियम तिर्दा लाइफ एक सय प्रोमोकोडको प्रयोग गर्नुपर्नेछ ।
इ–सेवाबाट प्रिमियम तिर्ने सबै ग्राहक यो अफरका लागि स्वचालितरूपमा योग्य रहनेछन् भने पुरस्कार जित्नका लागि प्रयोगकर्ताहरूको केवाईसी भने प्रमाणित भएको हुनुपर्नेछ । बम्पर पुरस्कार पुरस्कार विजेताहरूले २५ प्रतिशत राजस्व कर तथा अन्य कुनै पनि सरकारी करहरूका लागि स्वयम् भागीदार हुनुपर्नेछ । फाल्गुन २० देखि चैत्र १० सम्म चल्ने यस विशेष अफरको विजेता भने अफर अवधि सकिएपछि फेसबुक लाइफमार्फत गोलाप्रथाबाट छनोट गरिनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया