Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकद्वारा चाडपर्व विशेष योजना सार्वजनिक

सानिमा बैंकद्वारा चाडपर्व विशेष योजना सार्वजनिक


काठमाडौं । सानिमा बैंकले चाडपर्व लक्षित विशेष योजना सार्वजनिक गरेको छ । बैंकले आफूले इच्छाएको आफ्नो फोटो राख्न मिल्ने डेबिट कार्ड ल्याएसँगै आफ्ना ग्राहकहरूका लागि चाडपर्व विशेष योजना सार्वजनिक गरेको हो ।

बैंकका अनुसार यो योजनाअन्तर्गत ग्राहकहरूले कस्टमाइज्ड डेबिट कार्डका लागि आवेदन गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । छुटका लागि ग्राहकहरूले महाशिवरात्रि, ग्याल्पो ल्होसार, होली, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोको प्रयोग गर्नुपर्नेछ । यो योजना फागुन २५ गतेदेखि लागू हुने बैंकले जानकारी दिएको छ । छुट प्राप्त गर्नका लागि ग्राहकले महाशिवरात्रि, ग्याल्पो ल्होसार र होली मनाएको फोटो युक्त कार्डका लागि चैत १५ गतेसम्म आवेदन दिनुपर्नेछ । साथै, घोडेजात्रा र नयाँ वर्ष मनाएको फोटोयुक्त कार्डका लागि वैशाख ५, २०८१ सम्म आवेदन दिनुपर्नेछ । उक्त कार्डका लागि ग्राहकहरूले सानिमा बैंकको आधिकारिक वेबसाइट वा सानिमा मोबाइल बैंकिङ एपमार्फत् आफूले इच्छाएको फोटो अपलोड गरी आवेदन दिन सक्ने बैंकको भनाइ छ ।

बैंकले सात वटै प्रदेशमा गरी एक सय ३३ वटा शाखा कार्यालय र एक सय २४ वटा एटीएम काउन्टरमार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया