एनआइसी एसिया क्यापिटल र युनाइटेड बिजनेस होटलबीच सम्झौता
काठमाडौं । एनआइसी एसिया क्यापिटल लिमिटेड र युनाइटेड बिजनेस होटल प्रालिबीच सम्झौता भएको छ । दुवै कम्पनीहरूबीच आईडिया टु आईपीओ सेवासम्बन्धी सम्झौता भएको हो ।
यो सेवाअन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिस्ट्रार सेवासहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने कार्य हुने छ । क्यापिटलले आईडिया टु आईपीओ सेवाअन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पु¥याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
सोही सेवाअन्तर्गत काठमाडौं वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, काठमाडौंमा रजिस्ट्रार कार्यालय रहेको युनाइटेड बिजनेस होटल प्रालिलाई क्यापिटलको आईडिया टु आईपीओ सेवाअन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिस्ट्रार सेवासहित युनाइटेड बिजनेस होटल प्रालिलाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भएअनुसार प्रचलित कानुनबमोजिम सर्वसाधारणहरूमा प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्नका लागि एनआईसी एसिया क्यापिटल लिमिटेड र युनाइटेड बिजनेस होटल प्रालिका बीच निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।
एनआईसी एसिया क्यापिटलले आईडिया टु आईपीओ सेवाअन्तर्गत प्रालिलाई पब्लिक कम्पनीमा परिणत गरी साधारण सेयर निष्काशनसम्मको कार्य गर्न आवश्यक परामर्श सेवा सञ्चालन गरिरहेको हुँदा उक्त सेवा लिन चाहने कम्पनीहरूले क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीलाई मोबाइल नं.९८०२३५५६७८ मा सोझै सम्पर्क गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया