आरएसडीसी लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा गिरावट
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको खुद मुनाफामा गिरावट आएको छ । संस्थाले चालू आर्थिक वर्षको छ महिना अर्थात् दोस्रो त्रैमासिक अवधिमा छ करोड ९३ लाख चार हजार तीन सय २१ रुपैयाँ खुद मुनाफा कमाएको छ । संस्थाका अनुसार यो नाफा गत आवको सोही अवधिको तुलनामा झण्डै एक करोड रुपैयाँले कम हो । गत आवको सोही अवधिमा भने संस्थाले सात करोड ९४ लाख १४ हजार छ सय २२ रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी ८६ करोड ९५ लाख ६८ हजार दुई सय एक रुपैयाँ रहेको संस्थाले चालू आवको दोस्रो त्रैमासिक अवधिमा छ अर्ब एक करोड ५० लाख २५ हजार तीन सय ८५ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ६४ करोड ५७ लाख ५२ हजार सात सय तीन रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक दशमलव ८२ प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थाको स्प्रेडदर एक दशमलव ७८ प्रतिशत रहेको छ भने वितरणयोग्य नाफा चार करोड ७४ लाख ७७ हजार तीन सय ९३ रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले पाँच अर्ब ३२ करोड ८१ लाख ५० हजार नौ सय ३१ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब २८ करोड ३४ लाख ८३ हजार छ सय ६८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा शून्य दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको संस्थाको स्प्रेडदर भने दुई दशमलव १४ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया