Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्तको एकीकृत कारोबार सुरु

सामुदायिक लघुवित्त र बीपीडब्लु लघुवित्तको एकीकृत कारोबार सुरु


काठमाडौं  । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र बीपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाले एकीकृत कारोबार सुरु गरेका छन् । दुवै संस्थाले यही फागुन २४ गते बिहीबार मर्जर प्रक्रिया सम्पन्न गरी सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।

मर्जरका लागि यी संस्थाहरू एक बराबर ०.८५३५ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन् । मर्जरपछि बनेको संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलोञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं १४ मा रहेको छ । एकीकृत कारोबार सुरु भएसँगै यी लघुवित्तहरूको सेयर कारोबार फागुन २४ गतेको मितिबाट १५ दिनका लागि रोक्का भएको छ । धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्थाबमोजिम सेयर कारोबार रोक्का भएको हो ।

एकीकृत कारोबारको लागि यी दुवै संस्थाहरूलाई नेपाल राष्ट्र बैंकले माघ २४ र कम्पनी रजिस्ट्रार कार्यालयले फागुन ८ गते अन्तिम स्वीकृति दिएको थियो । मर्जरको लागि यी दुवै संस्थाको २०८० असोज ३० गते सम्पन्न भएको विशेष साधारणसभाले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गरेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया