Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमहालक्ष्मी विकास बैंंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन

महालक्ष्मी विकास बैंंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले २०८१ सालको क्यालेन्डर प्रकाशन गरेको छ । आइतबार बैंकले उक्त क्यालेन्डर आफ्नो आधिकारिक वेवसाइटमार्फत प्रकाशन गरेको हो । बैंकले स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने तस्वीरहरूमार्फत सकारात्मक सन्देश प्रदान गर्दै यस वर्षको क्यालेन्डर प्रकाशन गरी आफ्ना ग्राहकहरू समक्ष ल्याएको हो । उक्त क्यालेन्डरमा विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले सञ्चालन गरेको ‘बीजचित्र फोटोग्राफी प्रतियोगिता’मा सहभागी तस्वीरहरूमध्येका उत्कृष्ट बाह्र तस्वीरहरू समावेश गरिएको छ । मिति, तिथि, चाडपर्व, दिवसलगायतका विषयमा आफ्ना ग्राहकहरूलाई जानकारी राख्नु बैंकको क्यालेन्डर प्रकाशन र वितरणको मुख्य उद्देश्य रहेको छ । ग्राहकहरूले उक्त क्यालेन्डरको डिजिटल कपी बैंकको आधिकारिक वेवसाइटमार्फत डाउनलोड गर्न सक्ने बताइएको छ ।

विगतदेखि नै ग्राहकहरूको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रहिआएको यस बैंकले आम ग्राहकहरूको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया