Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्र बैंकले सरकारको लागि पुनः उठायो साढे २१ अर्ब आन्तरिक ऋण

राष्ट्र बैंकले सरकारको लागि पुनः उठायो साढे २१ अर्ब आन्तरिक ऋण


काठमाडौं । सरकारले फेरि २१ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । नेपाल राष्ट्र बैंकले फागुन २७ गते (आइतबार) २१ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरी सरकारका लागि पैसाको जोहो गरिदिएको हो ।

राष्ट्र बैंकका अनुसार आइतबार अपराह्न तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरी आन्तरिक ऋण उठाइएको हो । यसअघि यही फागुन २१ गते पनि राष्ट्र बैंकले १३ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरिएको थियो ।

फागुन २९ गते मंगलबार जारी हुने ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन लिएका थिए । केन्द्रीय बैंकले २८ दिन अवधिको आठ अर्ब रुपैयाँ, ९१ दिन अवधिको आठ अर्ब ५० करोड रुपैयाँ र तीन सय ६४ दिन अवधिको पाँच अर्ब रुपैयाँ बराबरको रहेको थियो । जसमध्ये २८ दिनको २०८० चैत्र २७ गते, ९१ दिनको २०८१ जेठ २९ गते र तीन सय ६४ दिन अवधिको २०८१ फागुन २७ परिपक्व हुनेछ । राष्ट्र बैकका अनुसार बिक्री गरिएका ट्रेजरी बिलहरू सबै पुरानो नवीकरणअन्तर्गतका हुन् ।

यसअघि गत साता पनि राष्ट्र बैंकले ९१ दिन अवधिको छ अर्ब चार करोड ५० लाख र एक सय ८२ दिन अवधिको सात अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरिएको राष्ट्र बैंकको भनाइ छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया