बाराही हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्नका लागि विद्युत नियमन आयोगको अनुमति पाएको हो । आयोगको फागुन २३ गतेको निर्णयले हाइड्रोले मागेको अनुमतिबमोजिम अर्थात् एक बराबर एक अनुपातमा हकप्रद निष्काशन गर्न अनुमति दिएको कम्पनीले जानकारी दिएको छ ।
आयोगको अनुमति पाए पनि नेपाल धितोपत्र बोर्डको प्रक्रिया भने बाँकी नै रहेको छ । बोर्डले अनुमति दिएपछि कम्पनीले सो मात्राको हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीको चुक्ता पुँजी हाल २५ करोड रुपैयाँको हाराहारीमा रहेको छ । स्वीकृतिपश्चातको शतप्रतिशत हकप्रद सेयरको बिक्रीपश्चात भने कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँँभन्दा बढी हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया