गरिमा विकास बैंक र खल्तीबीच सम्झौता
काठमाडौं । गरिमा विकास बैंक र खल्तीबीच सम्झौता भएको छ । यी दुवै संस्थाहरूबीच डिजिटल रुपान्तरणका लागि रणनीतिक सम्झौता भएको हो । सम्झौताअन्तर्गत अब गरिमा विकास बैंकका ग्राहकहरूले खल्ती वालेटका विभिन्न सुविधाहरूको उपभोग गर्न सक्ने भएका छन् । यो साझेदारीसँगै गरिमा विकास बैंकका ग्राहकहरूले विनाझन्झट स्मार्ट बैंक एप–गरिमा डिजिटल बटुवाबाट सिधै खल्ती वालेटमा पैसा लोड गर्न सक्नेछन् र आफूलाई आवश्यक पर्ने सेवा खल्तीमार्फत लिन सक्नेछन् । ग्राहकहरूले खल्ती प्रयोग गरी सहजै मुभी, इभेन्टलगायतको टिकट खरिदसँगै बिल भुक्तानी र अरू थुप्रै सुविधाहरूको लाभ उठाउन सक्नेछन् । बैंकबाट खल्तीमा लोड गर्ने सुविधा सँगसँगै ग्राहकहरूले खल्तीबाट गरिमा विकास बैंकको खातामा सजिलै पठाउन पनि सक्नेछन् ।
सम्झौताको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘डिजिटल नेपालको उद्देश्यमा प्रतिबद्धताका साथ अघि बढिरहेको खल्तीले हालसम्म ५०+ बैंकसँग हाते मालो गर्दै ग्राहकमा सरल र सहज भुक्तानीको सेवा सुविधा उपलब्ध गराउँदै आइरहेको छ । सोहीअनुरूप गरिमा विकास बैंकसँगको यो साझेदारीले डिजिटल नेपालको यात्रामा बलियो योगदान दिने कुरामा हामी विश्वस्त छौँ ।’ खल्तीमा देशभरिका ४० लाखभन्दा बढी प्रयोगकर्ताहरू, एक लाख+ एजेन्ट, ६० हजार+ मर्चेन्ट व्यवसायी, ५०+ बैंक तथा वित्तीय संस्था, १५००+ सहकारी र ३००+ कर्मचारीको परिवारमा रूपान्तरण भएको छ । सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ । गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर रहेका आफ्ना एक सय २३ वटा शाखा कार्यलयहरू, ५१ ए.टि.एम. मार्फत निरन्तर गुणस्तरीय सेवा प्रदान गरिसकेको छ । २०६४ मा स्थापना भएको यस बैंक प्रशिक्षित समुह र सुरक्षित बैंकिङ्ग प्रणाली सहित ग्राहकहरूलाई उच्च सेवा वितरणको लागि लक्षित रहेको जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया