कृषि विकास बैंकको १७ औँ वार्षिक साधारणसभा
काठमाडौं । कृषि विकास बैंकको १७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकले बुधबार बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । बृहत् कार्य सञ्जालद्वारा आफ्ना वस्तु÷सेवाहरूलाई देशका अतिदुर्गमदेखि सुगम ठाउँहरूमा दुई सय ८२ वटा शाखाहरूमार्फत आधुनिक बैकिङ सेवा पु¥याउन सफल भएको तथा नेपालका वाणिज्य बैंकहरूमध्ये कृषिमा सबैभन्दा बढी लगानी गरेको कृषि विकास बैंकको १७ औँ वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको हो । सभामा वक्ताको रूपमा भाग लिएका सेयरधनीहरूले उठाएका जिज्ञासाका सम्बन्धमा सञ्चालक समिति अध्यक्ष पुडासैनीले स्पष्ट पार्नुका साथै सेयरधनीहरूबाट प्राप्त सुझावहरूलाई नियमानुसार कार्यान्वयन गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।
सेयरधनीहरूको बाक्लो उपस्थिति रहेको उक्त साधारणसभामा विभिन्न निकाय÷संघ÷संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरू र बैंक सञ्चालक समितिका सदस्यहरू क्रमशः महेश आचार्य, डा राजेन्द्रप्रसाद मिश्र, गोविन्दप्रसाद भट्टराई, सञ्जीव पौडेल, विनोद कुमार गुरागाईँ र श्रीमती रीता सुवेदीको उपस्थिति रहेको थियो भने साधारणसभाको सञ्चालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया