डेभलपमेन्ट बैंकर्स एसोसिएसनद्वारा नवनियुक्त अर्थमन्त्रीलाई बधाई
काठमाडौं । विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन डेभपलमेन्ट बैंकर्स एसोसिएसन नेपालले नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई शुक्रबार भेट गरी बधाई ज्ञापन तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ ।
डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठको नेतृत्वमा एसोसिएसनका पदाधिकारीहरूले अर्थमन्त्री पुनलाई भेट गरेका थिए । उक्त भेटघाटका क्रममा एसोसिएसनका अध्यक्ष श्रेष्ठले देशको समग्र अर्थतन्त्रमा विकास बैंकहरूले पुर्याएको योगदानको बारेमा जानकारी गराएका थिए ।
भेटघाटका क्रममा नवनियुक्त अर्थमन्त्री पुनले देशको अर्थतन्त्रको सर्वाङ्गीण विकासका लागि विकास बैंकहरूले पुर्याएको योगदानको प्रशंसा गर्नुका साथै कुनै पनि खराब मनसाय नराखी काम गर्दा सरकारले पूर्णरूपमा सहयोग गर्ने भएकाले निर्धक्कसँग काम गर्नका लागि सुझाव दिएका थिए । उक्त भेटघाटका क्रममा बैंकिङ व्यवसायका समस्या र चुनौतीहरूका बारेमा समेत छलफल भएको एसोसिएसनका उपाध्यक्ष तथा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले बताए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया