कुमारी बैंकको रिकरिङ निक्षेप गोल क्याल्कुलेटर
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो नवीनतम डिजिटल उपकरण, रिकरिङ निक्षेप क्याल्कुलेटर आफ्नो वेबसाइटमा उपलब्ध भएको घोषणा गरेको छ । बैंकले ग्लोबल मनी विकको १२औँ संस्करणको अवसरमा यो सेवा सुचारु गर्न लागेको जनाएको छ ।
ग्लोबल मनी विक एक विश्वव्यापी वार्षिक चेतना जगाउने अभियान हो, जसले युवाहरूलाई सानै उमेरदेखि आर्थिकरूपमा सचेत गराउने र वित्तीय चुनौतीहरूको पहिचान र सो समाधानका उपायहरू सिकाउने गर्छ भने कुमारी बैंक लिमिटेड पनि यस अभियानमा जोडिएको छ ।
प्रयोगकर्ता अनुकूल रहेको क्याल्कुलेटरले ग्राहकहरूलाई निश्चित रिकरिङ निक्षेप लगानीबाट सम्भावित प्रतिफल अनुमान गर्न र वित्तीय योजनामा अझ बढी स्पष्टताको साथ सशक्त बनाउन सहयोग गर्छ । यस क्याल्कुलेटरले उन्नत एल्गोरिदमहरू प्रयोग गर्छ । जसको प्रयोगबाट बचतकर्ताले निक्षेपको समयावधि र रकम मात्र राखेर यसबाट निश्चित भविष्यमा जम्मा हुन सक्ने बचत, सो बचतबाट आउन सक्ने प्रतिफल र समग्र बचत वृद्धिका सम्भावनाहरू अनुमान गर्न सक्छन् । बैंकले रिकरिङ निक्षेप योजनामा जोडिन प्रोत्साहन गर्दै आएको छ भने बैंकको वेबसाइटमा अन्य धेरै डिजिटल उपकरणहरूजस्तै ईएमआई क्याल्कुलेटरहरू पनि उपलब्ध भएको बताएको छ । रिकरिङ निक्षेप क्याल्कुलेटर निःशुल्क प्रयोग गर्न तत्कालका लागि कुमारी बैंकको वेबसाइटमा जान सकिन्छ भने मोबाइल एपमा पनि यो सुविधा छिट्टै उपलब्ध हुने बैंकले जनाएको छ ।
बैंकको हाल देशव्यापी तीन सय दुई वटा शाखा सञ्जाल तीन सय १४ एटीएम, ६५ शाखारहित बैंकिङ्ग इकाई तथा ५१ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया