महालक्ष्मी विकास बैंकद्वारा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सञ्चालन
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी बैंकका सात वटै प्रदेशमा रहेका विभिन्न शाखाहरू तथा प्रादेशिक कार्यालयद्वारा वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रमहरू सञ्चालन गरेको छ ।
बैंकले ग्लोबल मनी विक–२०२४ को अवसरमा विद्यार्र्थी तथा युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप र मनोवृत्ति विकास गराउने उद्देश्यका साथ सातवटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गर्नुका साथै सामाजिक सञ्जालमार्फत विभिन्न सचेतनामूलक भिडियो सामग्रीहरू प्रसारण गरेको छ । बैंकले देशका विभिन्न जिल्लाका स्थानीय तहमा सञ्चालित वित्तीय साक्षरता कार्यक्रमहरूमा विद्यार्थीहरू, स्थानीय युवाहरूका साथै रोजगार व्यक्तिहरू, किसान, लघु, साना तथा मझौला उद्यमीहरू, दैनिक ज्यालादारीहरू, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, महिलाहरू तथा विप्रेषण प्रापकहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रमहरूबाट करिब हजार मानिसहरूलाई बचत, कर्जा, लगानी, सफा नोट, विद्युतीय वित्तीय सेवाहरू, विप्रेषण, गुनासो सुनुवाई, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।
त्यस्तै, बैंकले ग्लोवल मनी विक–२०२४ को अवसरमा विभिन स्थानमा वित्तीय साक्षरतासम्बन्धी जानकारीसहित प्रभातफेरी कार्यक्रमहरू सञ्चालन गरेको छ । बैंकको लुम्बिनी र मधेश प्रदेशद्वारा सञ्चालित उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ सेवाहरूः जस्तै मोबाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्ले कार्डहरूको प्रयोग गरिएको थियो ।
त्यस्तै, बैंकले विभिन्न सचेतनामूलक भिडियो सामग्रीहरू जस्तैः विद्युतीय भुक्तानी, वित्तीय ठगी, सार्वजनिक वाईफाई प्रयोग गर्दा हुन सक्ने जोखिम सम्बन्धित निर्माण गरी सामाजिक सञ्जालमार्फत प्रसारण गरी ग्लोबल मनी विक–२०२४ को सप्ताह सफलतापूर्वक सम्पन्न गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 7
ताजा अपडेट
- अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री
- सरकारलाई असफल हुने छुट छैन: मन्त्री अधिकारी
- विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा अघि बढेका छौँ: प्रधानमन्त्री
- कुलमानले गरेको अनियमितता छानवीन गर्न न्यायिक समिति गठन !
- विभाजनको शृङ्खला रोकेर एकताको प्रक्रिया सुरु भएको छ: अध्यक्ष दाहाल
- कर्णाली प्रदेश सरकारले जनताले महसुस हुनेगरी काम गरिरहेको छ: मुख्यमन्त्री कँडेल
- केही व्यक्तिको कमजोरीले गर्दा सिङ्गो सहकारी क्षेत्र बदनाम : मुख्यमन्त्री पाण्डे
- जलेश्वर प्रादेशिक अस्पतालका उपकरण प्रयोगविहीन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया