वित्तीय सूचकमा अब्बल बन्दै स्ट्यान्डर्ड चार्टर्ड बैंक
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले पाँचौं पटक त्रिपल ‘ए’ रेटिङ पाएको छ । इक्रा नेपालले बैंकलाई लगातार पाँचौं वर्ष पनि बैंकलाई ‘इक्राएनपी–आईआर त्रिपल ए’को रेटिङ पुनः पुष्टि गरिदिएको हो । यो रेटिङले बैंकले समयमै वित्तीय दायित्वहरू पूरा गर्न सक्ने र कम्पनी उच्चतमस्तरको सुरक्षित रहेको बुझाउँछ । इक्रा नेपालले बैंकका विभिन्न वित्तीय सूचकलाई आधार मानेर उक्त उच्चस्तरको रेटिङ दिएको बताएको छ । जसमा बैंकको सीआरएआर, निष्क्रिय कर्जा (एनपीएल)लगायतका विभिन्न वित्तीय सूचकहरू छन् । हाल स्ट्यान्डर्ड चार्टर्ड बैंकको एनपीएल एक दशमलव ६० प्रतिशत मात्रै छ । जुन अन्य वाणिज्य बैंकको तुलनामा सबैभन्दा कम हो । हाल अन्य वाणिज्य बैंकहरूको औसत एनपीएल नै तीन दशमलव ६३ प्रतिशत रहेको छ ।
साथै, बैंकको वित्तीय अवस्था पनि अन्य बैंकको तुलनामा बलियो, सुरक्षित र वित्तीय सबलतामा अब्बल रहेको इक्रा नेपालको दाबी छ । लगातार पाँच वर्षसम्म त्रिपल रेटिङको पुनः पुष्टि पाएसँगै स्ट्यान्डर्ड चार्टर्ड बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तिदारले यसले बैंक तथा बैंकका सबै सरोकारवालाप्रतिको प्रतिबद्धताको बलियो प्रमाणीकरण रहेको बताएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया