गार्गी कन्या गुरुकुललाई सिटिजन लाइफ इन्स्योरेन्सको सहयोग
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गार्गी कन्या गुरुकुललाई तीन लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका अनुसार उचित शिक्षा एवं रहनसहनको वातावरण बनाई विदुषी नारी तयार गरी आत्मनिर्भर एवं स्वावलम्बी बनाउने उद्देश्यले श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठानद्वारा विगत २०६८ सालदेखि स्थापना भई चितवन जिल्लाको देवघाटमा गार्गी कन्या गुरुकुल सञ्चालन हुँदै आएको छ । यो गुरुकुल नेपालकै पहिलो समावेशी गुरुकुल हो, जहाँ नेपालको विभिन्न ठाउँदेखि हरेक समूहका महिला छात्राहरूलाई विनाकुनै भेदभाव कक्षा ६ देखि १२ सम्म नेपाल सरकारको सरकारी पाठ्यक्रमअनुसार अध्यापन गराइन्छ । साथै, संस्कृत विषयको पनि अध्यापन गराइन्छ र निःशुल्क भोजन आवासको पनि व्यवस्था रहेको छ ।
गरिबीजस्ता विभिन्न कारणले समाजबाट उत्पीडन खेप्नुपरेका सोही बालिकाहरूलाई समाजमा शिक्षित एवं सम्मानरूपमा स्थापित गराउने श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठानको पवित्र उद्देश्यमा सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी पनि सँगसँगै उभिएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमालका साथै कर्पोरेट सेल्स हेड रीता पाठकद्वारा गार्गी कन्या गुरुकुल प्रतिष्ठानका उपाध्यक्ष डा मन काफ्ले साथै सल्लाहकार भागवतीकुमार काफ्लेलाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो । सिटिजन लाइफको यस सहयोगले श्री गार्गी कन्या गुरुकुललाई विद्यालय सञ्चालन गर्न केही सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया