नेपाल वित्त कम्पनी संघको अन्तर्क्रिया कार्यक्रम
काठमाडौं । नेपाल वित्त कम्पनी संघको आयोजनामा बैंक तथा वित्तीय संस्थाहरूले कर्जा प्रवाह गर्दा लिने धितो घरजग्गा मूल्याङ्कनका अभ्यासहरू विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्सको पुल्चोक, ललितपुरस्थित गुहेश्वरी भवनमा आयोजित उक्त कार्यक्रममा विश्व बैंकका भूमि विज्ञ डेनिलो आर आन्टानियोले धितो मूल्याङ्कनका अभ्यासहरूका बारेमा मन्तव्य राखेका थिए । काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा सुवास घिमिरेले नेपालमा हाल भइरहेको घरजग्गा मूल्याङ्कनका अभ्यासहरू र सुधारका उपायको बारेमा चर्चा गरेका थिए ।
अन्तर्क्रिया कार्यक्रममा गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले संस्थाले हाल धितो मूल्याङ्कनको महत्व र यसका लागि अपनाएका प्रक्रियाहरूको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा नेपाल वित्त कम्पनी संघका परामर्शदाताहरू, धितो मूल्याङ्कनकर्ताहरू, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका सहायक महाप्रबन्धक अर्चना प्रधान, वरिष्ठ प्रबन्धक शिवराज भण्डारी, विभागीय प्रमुखहरूका साथै संस्थाका अन्य कर्मचारीहरूको समुपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया