एभरेस्ट बेैंकद्वारा ग्लोबल मनी विक–२०२४ कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोेजनमा विगत वर्षजस्तै यस वर्ष पनि एभरेस्ट बैंकले यही चैत पाँच गतेदेखि सप्ताव्यापी अभियानअन्तर्गत ग्लोबल मनी विक–२०२४ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।
उक्त कार्यक्रमअन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल÷क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै तीन हजारभन्दा बढी विद्यार्थीहरूमा वित्तीय शिक्षाको महत्व जागरण गराएको बैंकले जानकारी दिएको छ । प्रोटेक्ट योर मनी, सेक्युअर योर फ्युचर भन्ने नाराका साथ सम्पन्न गरिएको उक्त कार्यक्रममा युवाहरूमा वित्तीय ज्ञान, सिप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरूले दिने सेवा र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेतना गराइयो थियो ।
पञ्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको बैंक स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको बैंकमा हालसम्म करिब १३ लाख ग्राहकहरू रहेका छन् । बैंकले देशैभरि छरिएर रहेको आफ्ना एक सय २८ वटा शाखा सञ्जाल, तीन वटा एक्सटेन्सन काउन्टर, सात वटा प्रादेशिक कार्यालयहरू, एक सय ६४ वटा एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बंैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया