Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगरिमा विकास बैंकको प्रमुख कार्यकारीमा उपाध्याय

गरिमा विकास बैंकको प्रमुख कार्यकारीमा उपाध्याय


काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार बसेको सञ्चालक समितिको ३०४औँ बैठकले उपाध्यायलाई २०८१ वैशाख एक गतेदेखि लागू हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उपाध्याय सोही बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत छन् । १५ वर्षदेखि कम्पनी सचिव र ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा उनी कार्यरत थिए । बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि उनी अध्यापन पेसामा संलग्न थिए । १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्दप्रसाद ढकालको कार्यकाल २०८० चैत मसान्तमा सकिने भएपछि बैंकले उपाध्यलाई नयाँ प्रमुख कार्यकारीको जिम्मेवारी सुम्पिएको हो । बैठकले बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई १५ चैत २०८० देखि लागू हुने गरी बैंकको कम्पनी सचिवमा नियुक्त गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया