नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको साधारणसभा
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० को ३७औं वार्षिक साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठान भवन, कमलादीमा सफलतापूर्वक सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७९/८० मा बैंक तीन अर्ब ७२ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को मध्यतिर अर्थात् मिति २०७९ पुस २७ गतेदेखि साविक मेगा बैंक नेपाल लिमिटेडसँग मर्जरको कारणले आय/व्ययका रकम अघिल्लो वर्षसँग तुलनात्मक नरहेको उल्लेख छ ।
आर्थिक वर्ष २०७८/७९ मा साविक नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडको गरी कुल निक्षेप तीन खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा १६ अर्ब ९७ करोड रुपैयाँले वृद्घि भई आर्थिक वर्ष २०७९/८० को अन्त्यमा बैंकको निक्षेप तीन खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी आर्थिक वर्ष २०७९/८० को अन्त्यमा बैंकको कुल कर्जा तथा सापटी रकम तीन खर्ब १२ अर्ब रुपैयाँ कायम रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा साविक नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडको गरी कुल कर्जा तथा सापटी रकम तीन खर्ब १४ अर्ब रुपैयाँ रहेको थियो ।
विगत केही वर्ष देखि नेपाल राष्ट्र बैंकले बैंकहरूको संख्या घटाउन लिएको मर्जर नीतिलाई समर्थन गर्दै आर्थिक वर्ष २०७९/८० मा साविक नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेड एक आपसमा गाभिई मिति २०७९ पुस २७ गतेबाट नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सञ्चालन गरेको थियो । मर्जरपश्चात् यस बैंकको चुक्ता पुँजी ३४ अर्ब १३ करोड रुपैयाँ र कुल सेयरधनी कोश ५५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । हाल बैंकले दुई सय ९६ शाखा, दुई सय ८२ एटीएम, १६ राजस्व संकलन काउन्टरसहित ६३ एक्टेन्सन काउन्टर र ४६ शाखारहित बैंकिङमापर्फत ३२ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । गुणस्तरीय सेवा तथा सुविधा प्रदान गरेका कारण समीक्षा अवधिमा बैंकले अन्तर्राष्ट्रिय प्रकाशन युरोमनीबाट ‘बेस्ट बैंक २०२३’को उपाधि समेत प्राप्त गर्न सफल भएको छ ।
सम्माननीय सर्वाेच्च अदालतको निर्णयलार्ई अनुपालन गर्दै सञ्चालकहरूको निर्वाचन हाललाई स्थगित गरिएको छ भने साधारणसभामा प्रस्तुत भएका अन्य सम्पूर्ण एजेन्डाहरू सभाद्वारा स्वीकृत/अनुमोदन भएको बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया