आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा बीमा अभिकर्ताको तालिम सम्पन्न
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड कम्पनीले यही चैत्र १३ देखि १६ गतेसम्म बीमा अभिकर्ताको रूपमा कम्पनीसँग आबद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरूको लागि निर्जीवन बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ ।
उक्त तालिममा विभिन्न जिल्लाहरूबाट ३१ जना व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो । उक्त तालिमपश्चात कम्पनीसँग आबद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरूले कम्पनी र ग्राहकहरूबीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरूको बीचमा राम्रो भूमिका निर्वाह गरी कार्य गर्ने अपेक्षासहित अभिकर्ता तालिममा सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।
यस तालिमबाट निर्जीवन बीमाको क्षेत्रमा नेपाल बीमा प्राधिकरणले निर्देशन गरेबमोजिम निर्जीवन बीमा गर्नका लागि ग्राहकहरूले सहजरूपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा लिएको कम्पनीले जानकारी दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया