Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारआइएमई पेमार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा पाँच सयसम्म बोनस

आइएमई पेमार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा पाँच सयसम्म बोनस


काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले मनिग्राममार्फत विदेशबाट पठाएको रेमिट्न्सप्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ । फागुन १० गतेबाट सुरु भएको यो अफर दुई महिनासम्म रहने छ । यस अफरअन्तर्गत विदेशमा रहेका सेवाग्राहीहरूले मनिग्राममार्फत पठाएको रकम आइएमई पेमार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस पाउन सक्नेछन् ।

मनिग्रामबाहेक अन्य रेमिट्यान्स सेवाहरू अल अन्सारी, ईजी रेमिट, इन्स्ट्यान्ट क्यासमार्फत पठाइएको रकम आइएमई पेमार्फत प्राप्त गर्दा पनि एक सय रुपैयाँ बोनस प्राप्त गर्न सकिने छ । आइएमई पे’मार्फत संसारको कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्छन् ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया