प्रभु महालक्ष्मी लाइफको ब्रान्ड एम्बेस्डरमा गजुरेल
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ब्रान्ड एम्बेस्डरमा प्रसिद्ध कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ । कलाकारिता क्षेत्रमा लामो समय बिताई छुट्टै पहिचान बनाएका गजुरेललाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ब्रान्ड एम्बेस्डरको रूपमा सम्झौता गरेको हो । मंगलबार एक कार्यक्रम आयोजना गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौतापत्रमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई तथा कलाकार गजुरेलले हस्ताक्षर गरेका हुन् । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रसाईंले कला र हास्यव्यङ्ग्य क्षेत्रका नक्षत्रलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘ब्रान्ड एम्बेस्डर’ नियुक्त गर्न पाउँदा निकै गौरवान्वित भएको बताए । कलाकारिताको माध्यमबाट जनमानसमा बस्न सफल गजुरेलको कम्पनीसँगको आबद्धताले कम्पनीको प्रचारप्रसारमा विशेष उचाइ लिने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेस्डर गजुरेलले जीवन बीमाजस्तो पवित्र कार्यमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । सम्झौतापछि ब्रान्ड एम्बेस्डर गजुरेलले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सेवाहरूको प्रचारात्मक कार्य, कार्पोरेट ब्रान्ड प्रवद्र्धन तथा संरक्षण, सभा गोष्ठीहरूलाई सम्बोधनसम्बन्धी कार्यहरू गर्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ । उक्त सम्झौता हाललाई एक वर्ष कायम रहने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया