Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकुमारी बैंकको वार्षिकोत्सव

कुमारी बैंकको वार्षिकोत्सव


काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरू आयोजना गरेर आफ्नो २३औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरूलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण ग्राहकहरूको सहयोग तथा विश्वासप्रति आभार व्यक्त गरेको छ । कुमारी बैंक देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजनाअनुरूप आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा वित्तीय सुविधाहरू प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध रहेको बताएको छ । बैंकले २३ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा एक सय ४५ जना सहभागी भई रक्तदान गरेका थिए । यसले स्थानीयस्तरमा रक्त बैंकका आवश्यकता तथा जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान गर्ने लक्ष्य रहेको छ ।

यसका साथै बैंकले परम्परा र सांस्कृतिक सम्पदाको महत्वलाई उजागर गर्न ‘परम्परागत भेषभूषा’ पहिरन गरी वार्षिकोत्सव सम्पन्न गरेको छ । यस कार्यक्रमले कर्मचारीहरूलाई आफ्नो जातीय पृष्ठभूमि प्रतिनिधित्व गर्ने पोसाकमार्फत सांस्कृतिक पहिचान गर्न मद्दत पु¥याएको छ । विविध सांस्कृतिक परम्परालाई अँगाल्दै, बैंकले आफ्नो कार्यशक्तिमा समावेशिता र सम्मानलाई बढावा दिएको छ । यस पहलमार्फत बैंकले ‘सबैका लागि सधैंका लागि’ भन्ने मूल उद्देश्यभित्र रही आन्तरिक आबद्धताको भावनालाई बढावा दिन, कर्पाेरेट संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको छ । बैंकले आफ्ना देशव्यापी तीन सय दुईवटा शाखा सञ्जाल, तीन सय १४ वटा एटीएम, ६६ शाखारहित बैंकिङ सुविधा तथा ५० एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरू प्रवाह गर्दै आएको छ । आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गरी नेपालको बैंकिङ जगतलाई डिजिटल बैंकिङतर्फ अग्रसर गराउन कुमारी बैंक लिमिटेड प्रतिबद्ध छ ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया