मेटलाइफ नेपालद्वारा कार्यविनायक मन्दिरमा पार्क उद्घाटन
काठमाडौं । मेटलाइफ नेपाल र डोको रिसायकलर्सले ललितपुरको बुङ्गमतीमा रहेको कार्यविनायक मन्दिर परिसरमा एक जीवन्त सामुदायिक ठाउँ सिर्जना गर्न महिनौको व्यापक कार्य पूरा गर्दै पुननिर्मित पार्कको उद्घाटन गरेको छ ।
मेटलाइफ नेपालले नोभेम्बर २०२३ मा आफ्नो स्थानीय सामाजिक उत्तरदायित्वअन्तर्गत पार्कको जीर्णोद्धारको पहल गरेको थियो । डोको रिसायकलर्सको रेखदेखमा र ललितपुर महानगरपालिका वडा नम्बर २२ को सहकार्यमा पार्कमा ल्यान्डस्केपिङ, नयाँ डिस्प्ले बोर्ड स्थापना, फोहोरमैला व्यवस्थापन पूर्वाधार र शौचालय मर्मतसम्भारलगायत व्यापक पुनर्स्थापना गरिएको थियो । पार्कको उद्घाटनसँगै मेटलाइफ र डोको रिसायकलर्सले नेपालीहरूका लागि नयाँ सामुदायिक ठाउँ जोगाउन मद्दत गर्ने कुरामा जोड दिनेछन् ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, ‘समुदायका सदस्यको रूपमा, हामी कार्यविनायक मन्दिरमा पार्क जीर्णोद्वार परियोजनाको हिस्सा हुन पाउँदा गर्व गर्छौं । डोको रिसायकलर्ससँगको हाम्रो साझेदारीले मेटलाइफको दिगो साइट संरक्षण अभ्यासहरूलाई प्रवर्द्धन गर्ने प्रतिबद्धतालाई प्रतिबिम्बित गर्छ । जसबाट मानिसहरू र वातावरण दुवैलाई लाभ हुनेछ । हामी आगामी पुस्ताहरूका लागि दिगोपन र वातावरणीय जिम्मेवारीको संस्कृतिलाई बढावा दिन समर्पित छौं ।’
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया