फरवार्ड माइक्रोफाइनान्सद्वारा मृत्यु दाबी बीमाको रकम हस्तान्तरण
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले एक ग्राहक सदस्यको मृत्युपश्चात् उसको परिवारलाई हालसम्मकै ठूलो बीमा रकम प्रदान गरेको छ । फरवार्ड माइक्रो फाइनान्सले सर्लाहीकी एक ग्राहक सदस्यको दुर्घटनामा मृत्यु भएपछि उसको परिवारलाई कर्जा बीमाबापत १५ लाख ७५ हजार भुक्तानी गरेको हो ।
ईश्वरपुर नगरपालिका वडा नं. १४ कि बिन्द्रदेवी धामीले २०७९ साल चैत्र सात गते फरवार्ड माइक्रोफाइनान्सबाट सात लाख रुपैयाँ कर्जा लिएकी थिइन् । उनले नियमित कर्जा किस्ता रकम बुझाउँदै गएकी थिइन् । छ लाख ६५ हजार दुई सय ६७ रुपैयाँ किस्ता बुझाउन बाँकी रहँदै उनको दुर्घटनामा निधन भएपछि फरवार्डले उनले तिर्ने रकम मिनाहा गरिदिएको जनाएको छ । साथै, बाँकी कर्जा किस्ता साँवा र ब्याज रकम कटाई मृत्यु दाबी बीमाबापत नौ लाख नौ हजार सात सय ३२ रुपैयाँ प्रदान गरेको छ । बिन्द्रदेवीले कुल १५ लाख ७५ हजारको बीमा रकम प्राप्त गरेकी छन् । उनलाई दुई सय २५ प्रतिशत बीमाबापतको रकम भुक्तानी गरिएको फरवार्ड माइक्रोफाइनान्सले जनाएको छ । फरवार्ड माइक्रोफाइनान्सले एक कार्यक्रम नै गरी ईश्वरपुर नगरपालिका प्रमुख मनोजकुमार आचार्यबाट बिन्द्रदेवीका श्रीमान् राजबीर धामीलाई बीमा रकम हस्तान्तरण गरेको छ ।
सो क्रममा बोल्दै ईश्वरपुर नगरपालिका प्रमुख आचार्यले बैंक तथा वित्तीय संस्था हाम्रो समाज तथा जीवनको अभिन्न अङ्ग भएको बताउँदै परिवारको जीवनस्तर उकास्न र समाज विकास गर्न ठूलो मद्दत गर्ने बताए । आचार्यले लघुवित्त वित्तीय संस्था जनताको बचत र बैंकको कर्जाबाट सञ्चालन हुने, बैंक तथा वित्तीय संस्थाले जनताको बचतको सुरक्षा गरी पुँजी निर्माण गरेर जनताको पेसा, व्यापार व्यवसाय विकास गर्ने जिकिर गरे । उनले व्यक्तिगत स्वार्थ पूर्ति गर्नका लागि केही उच्छृङ्खल व्यक्ति र समूहले सोझासिधा जनतालाई लिएको कर्जा तिर्नुपर्दैन भन्दै उकास्ने, भड्काउने गरेकोमा त्यसको विरोध गरे । लघुवित्त वित्तीय संस्था जनताको बचत र बैकको कर्जाबाट चल्ने भएकाले कसैले कर्जा मिनाहा हुन्छ भन्ने भ्रम फैलाउँदैमा विश्वास नगर्न पनि आग्रह गरे । साथै, आम्दानीको कुनै स्रोत नभएका र एक छाक खान पनि धौधौ भएका, थोरै मात्र कर्जा बाँकी रहेका ऋणीहरूलाई वित्तीय संस्थाहरूले सक्दो सहयोग गर्नुपर्ने धारणा पनि राखे ।
कार्यक्रममा बोल्दै फरवार्डका सञ्चालक सदस्य प्राडा श्यामकिशोर महतोले समुदाय र निम्न वर्गको उत्थानका लागि फरवार्ड सदैव क्रियाशील हुने विश्वास दिलाउँदै वित्तीय संस्था, स्थानीय समुदाय र स्थानीय सरकारबीच सहकार्य गर्न आवश्यक रहेको जनाए । संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराईले फरवार्ड संस्थाको पृष्ठभूमि, संस्थाको परिचय र उद्देश्यबारे बोल्दै लघुवित्तले समाज र राष्ट्रको अर्थतन्त्रमा पुर्याएको योगदान बारे चर्चा गरे । उनले इन्द्रावतिलाई दिइएको बीमा रकम हालसम्मकै ठूलो बीमा सुविधा भएको जानकारी दिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया