प्रभु बैंकद्वारा कागबेनीको श्राद्धस्थल व्यवस्थापन समितिलाई क्युआर स्ट्यान्ड
काठमाडौं । प्रभु बैंकले धार्मिकस्थल कागबेनीमा कागबेनी मन्दिर श्राद्धस्थल व्यवस्थापन समितिलाई क्युआर स्ट्यान्ड उपलब्ध गराएको छ । नगदरहित कारोबारलाई जोड दिएको बैंकले कागबेनीमा भक्तजनहरूको सहजीकरणका तथा सुविधाका लागि क्युआर स्ट्यान्ड उपलब्ध गराएको हो ।
बडदशैं र चैते दशैंअघिको सोह्रश्राद्ध तथा औंशी तिथिमा दिवंगत आफन्तहरूको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनि नेपाल र भारतबाट करिब ११ हजार जनाभन्दा बढी भक्तजनहरूको यो क्षेत्रमा आवागमन हुने गरेको छ । पिण्डदान गर्दा दिवंगत भएकाहरूले मुक्ति पाउने धार्मिक विश्वास छ । हिमालपारिको जिल्ला मुस्ताङको विभिन्न गाउँपालिकाहरूमा सात वटा मात्र शाखा कार्यालयमार्फत सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराइरहेको प्रभु बैंक, मुस्ताङ जिल्लाको वित्तीय पहुँचका लागि सारथि बन्ने गरेको मुस्ताङवासीहरू बताउँछन् ।
मुस्ताङ जिल्लाको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि प्रभु बैंकले वित्तीय सेवा मात्र नभएर वित्तीय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको प्रभु बैंकको गण्डकी प्रदेश कार्यालयले जनाएको छ । प्रभु बैंकका नेपालभर तीन सय एक वटा शाखा कार्यालयहरू, दुई सय ८५ वटा एटीएम साथै ७० एक्सटेन्सन काउन्टर छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया