कुमारी स्मार्टबाट मुद्दती खाता खोल्दा अतिरिक्त ब्याज पाइने
काठमाडौं । नयाँ वर्ष २०८१ को अवसरमा कुमारी बैंकले ग्राहकले मोबाइल बैंकिङ एप ‘कुमारी स्मार्ट’बाट मुद्दती खाता खोलेमा तोकिएको ब्यजदरमा थप शून्य दशमलव १५ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । साथै, कुमारी स्मार्ट एपमार्फत आफ्नो मुद्दती खातामा भएको रकमबाट कर्जा लिँदा शून्य दशमलव २५ प्रतिशत छुट प्रदान गर्ने पनि जनाएको छ ।
सो सेवा कुमारी स्मार्टमार्फत घरमै बसेर संसारको जुनै कुनाबाट पनि तुरुन्तै लिन सकिने बैंकले जनाएको छ । यस्तो प्रकारको मुद्दती खाता खोल्नको लागी र मुद्दती रसिदको धितोमा कर्जा उपभोग गर्न कुनै पनि किसिमको कागजी प्रकृयाहरू नचाहिने र मोबाइल बैंकिङ एपमार्फत यो सुविधा चौबीसै घण्टा उपलब्ध गराइएको बैेंकले जनाएको छ ।
कुमारी बैंकले देशभर रहेका तीन सय दुई शाखा सञ्जाल, तीन सय १५ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ इकाइहरूमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया