नेपाल फाइनान्सको नाफामा उच्च गिरावट
काठमाडौं । नेपाल फाइनान्सको तेस्रो त्रैमासिक नाफामा उच्च अंकले गिरावट आएको छ । फाइनान्सले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय प्रतिवेदन अनुसार फाईनान्सले चालु आवको चैत्र मसान्तसम्ममा १३ लाख १८ हजार सात सय ११ रुपैंयाँ खुद मुनाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा झण्डै ९० लाख रुपैंयाँले कम हो । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा एक करोड तीन लाख ३४ हजार सात सय ५४ रुपैंयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ७२ करोड ९४ लाख ९६ हजार सात सय ४७ रुपैंयाँ रहेको फाइनान्सले चालु आवको तेस्रो त्रैमासमा कुल दुई अर्ब २४ करोड ४८ लाख १५ हजार नौं सय ८२ रुपैंयाँ निक्षेप संकलन गरी एक अर्ब ७३ करोड ६७ लाख ३८ हजार आठ सय ३२ रुपैंयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा सात करोड ५९ लाख ५३ हजार नौं सय १४ रुपैंयाँ खुद व्याज आम्दानी गरेको फाइनान्समा नौं दशमलव २४ प्रतिशत निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा २२ करोड १० लाख दुई हजार दुई सय २४ रुपैैंयाँ ऋणात्मक रहेको फाईनान्सको स्प्रेड दर भने चार दशमलव ५८ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने फाइनान्सले एक अर्ब ८० करोड ६१ लाख सात हजार छ सय ४० रुपैंयाँ निक्षेप संकलन गरी एक अर्ब ३० करोड ३३ लाख ८८ हजार १५ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड ७० लाख ४८ हजार नौं सय ९३ रुपैंयाँ खुद व्याज आम्दानी गरेको फाईनान्समा १३ दशमलव १६ प्रतिशत कर्जा खराब रहेको थियो भने स्प्रेड दर चार दशमलव ७८ प्रतिशत रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया